+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सर्वेन्द्र खनाल र महेश बस्नेतविरुद्ध उजुरी लिन आनाकानी, महोत्तरी जान सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १४ गते १६:४६

१४ वैशाख, काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले सांसद अपहरण सम्बन्धी मुद्दा दर्ता गर्न आनाकानी गरेको छ ।

आफ्नो पार्टीका सांसद सुरेन्द्र यादवको अपहरण गरिएको भन्दै जनता समाजवादी पार्टीका नेताहरु प्रहरी परिसरमा सांसद महेश बस्नेत, कृष्ण (किसान ) श्रेष्ठ र सर्वेन्द्र खनालविरुद्ध जाहेरी लिएर पुगेका छन् । पीडित सांसद डा. सुरेन्द्र यादव पनि प्रहरी कार्यालयमा छन् ।

मुद्दा दर्ताका लागि समाजवादी जनता पार्टीका नेताहरु डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतोसमेत प्रहरी कार्यालयमा पुगेका छन् ।

डीएसपी कृष्ण चन्दले मुद्दा दर्ता गर्न आनाकानी गरेको र यहाँ मिल्दैन, महोत्तरी जानोस् भनेर जवाफ दिएको स्रोतले बतायो । जसपाका नेता र प्रहरी अधिकारीबीच अहिले पनि छलफल जारी छ ।

नेकपा सांसद महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वआइजीपी सर्वेन्द्र खनालले गत मंगलबार जनकपुरबाट समाजवादीका सांसद डा. सुरेन्द्र यादवलाई जबरजस्ती उठाएर काठमाडौं ल्याई होटलमा राखेका थिए । बुधबार बिहानै यादव त्यहाँबाट फुत्केर आफ्नो पार्टीको सम्पर्कमा पुगेका थिए ।

डा. यादवलाई काठमाडौं ल्याउने तीनैजनाले प्रधानमन्त्री केपी ओलीले खटाएर आफूले यो काम गरेको बताएको पीडित यादवको भनाइ छ ।

यसैबीच प्रहरीले जाहेरी लिन नमानेको भन्दै पूर्वप्रधानमन्त्री डा. बाबृुराम भट्टराईले ट्विटरमा लेखेका छन्, ‘यत्रो देशविदेश तरंगित गराइरहेको सांसद अपहरणसम्बन्धी मुद्दा पीडित ब्यक्तिले महानगरीय प्रहरी परिसर काठमाण्डौमा समयभित्र विधिसम्मत ढंगले जाहेरी दिन लाग्दा दर्ता गर्न इन्कार गरिन्छ भने ओलीतन्त्रमा कानूनको शासन कायम हुन्छ र नागरिकको जीवन रक्षा हुन्छ भनेर कसरी विश्वास गर्ने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?