Comments Add Comment

वान डे र टि-२० मा नेपालको वरीयता यथावत, अस्ट्रेलिया शीर्ष स्थानमा

शीर्ष स्थानमा उक्लिएको अस्ट्रेलिया ।

१९ वैशाख काठमाडौं । अष्ट्रेलिया टेस्ट र टि-२० क्रिकेट दुवै फर्म्याटको वरीयतामा शीर्ष स्थानमा उक्लेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले शुक्रबार सार्वजनिक गरेको एनुएल अपडेटमा अष्ट्रलिया दुई फर्मम्याटमा शीर्ष स्थानमा उक्लिँदा इंग्ल्याण्ड ओडीआईतर्फ शीर्ष स्थानमा कायमै छ ।

अष्ट्रेलियाले फड्को मार्दा भारत टेस्टमा २०१६ पछि शीर्ष स्थानबाट हटेको छ । यस्तै पाकिस्तान २७ महिनापछि टि-२० को शीर्ष स्थानबाट तल झरेको छ ।

टेस्टमा अष्ट्रेलिया पहिलो न्युजिल्याण्ड दोस्रो र भारत तेस्रोमा छ । यी तीन टिमबीच मात्रै २ अंकको फरक छ । अष्ट्रेलियाको ११६ अंक छ भने न्युजिल्याण्डको ११५ र भारतको ११४ अंङ्क छ ।

यस्तै इंग्ल्याण्ड चौथो, श्रीलंका पाँचौ र दक्षिण अफ्रिका छैटौँ स्थानमा छन् ।

टि-२० मा अष्ट्रेलिया शीर्ष स्थानमा उक्लिँदा इंग्ल्याण्ड दोस्रो र भारत तेस्रो स्थानमा छ । पाकिस्तान चौथो स्थानमा झरेको छ । दक्षिण अफ्रिका पाँचौ र न्युजिल्याण्ड छैटौं स्थानमा छ । नेपाल भने १५औं स्थानमै यथावत छ ।

ओडीआईतर्फ इंग्ल्याण्ड शीर्ष स्थानमै यथावत छ । यस्तै भारत दोस्रो, न्यूजिल्याण्ड तेस्रो, दक्षिण अफ्रिका चौथो र अष्ट्रेलिया पाँचौ स्थानमा छ । नेपाल भने ओडीआईमा १६ औं स्थानमै यथावत छन् ।

यस्तै खेलाडीतर्फ टेष्टमा अष्ट्रेलियाकै स्टिभ स्मिथ ब्याट्सम्यानमा र प्याट कमिङ्स बलरमा शीर्ष स्थानमा छन् । ओडीआईमा विराट कोहली ब्याट्सम्यानमा र ट्रेन्ट बोल्ट बलरमा शीर्ष स्थानमा छन् । यस्तै टि-२० मा बाबर अजाम ब्याट्सम्यानमा र रसिद खान बलरमा शीर्ष स्थानमा छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment