Comments Add Comment

अनमोलको फिल्म रिलिजमा सधैं समस्या

अनमोल केसीको चलचित्र रिलिजको तालिका र उनको व्‍यक्तिगत स्वभावलाई एकै ठाउँमा राखेर हेर्ने हो भने अहिले उनको सोचभन्दा फरक परिस्थितिको विकास भएको छ।

नायक केसी वर्षमा २ वटा चलचित्रमा काम गर्न चाहन्छन् । एक वर्षमा आफू अभिनित  दुईवटा चलचित्र  रिलिज होस् भन्ने उनको चाहना अहिले पूरा हुन सकेको छैन । पूरा भइहाले पनि सेड्युल राम्रो देखिएको छैन ।

गतवर्ष, नायक केसी अभिनित चलचित्र नै रिलिज भएन । जबकि २ वर्ष अगाडि उनी अभिनित चलचित्र ‘क्याप्टेन र ए मेरो हजुर-३’ करिब डेढ महिनाको अन्तरमा रिलिज भएका थिए। चलचित्र ‘कृ’ रिलिज हुनका लागि २ वर्ष लाग्यो । यसपछि, अनमोलका फ्यानले फेरि एक वर्ष उनलाई पर्खनुपर्‍यो।

यो वर्ष दुई वटा चलचित्र रिलिज हुनेमा अनमोल ढुक्क थिए । चलचित्र ‘ए मेरो हजुर-४’को छायांकन सकिएलगतै अनमोल ‘पारस’को छायांकन सुरु गर्न चाहन्थे । यसो भएको खण्डमा, यो वर्ष उनको सोचाइ अनुसार नै दुईवटा चलचित्र दर्शकमाझ आउने देखिन्थ्यो। तर, उनको सोच यसपटक पनि पूरा नहुने सम्भावना बढेको छ ।

यो वर्ष चलचित्र ‘पारस’ रिलिज नहुने त पक्का जस्तै छ। किनकि अनमोलको छायांकन रोकिएको चलचित्र ‘ए मेरो हजुर-४’ नै तोकिएको मितिमा रिलिज हुन्छ या हुँदैन पक्का छैन । चलचित्र रिलिजको विषयमा आफूले सोचेजस्तै कहिले नभएको अनमोल बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment