+
+

विद्यालयको नतिजा वडा कार्यालयले प्रकाशन गरिदिने

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २६ गते १८:१६

२६ वैशाख, पोखरा । पोखरा महानगरपालिकाको वडा नम्बर १३ मा सामुदायिक विद्यालयको परीक्षाफल वडा कार्यालयले नै प्रकाशन गरिदिने भएको छ । आइतबार वडा कार्यालयबाटै सबै सामुदायिक विद्यालयको परीक्षाफल प्रकाशन गर्ने गरी तयारी गरिरहेको वडाध्यक्ष दर्शन लामाले जानकारी दिए ।

‘लकडाउन थपिँदै जाँदा विद्यार्थी, विद्या र शिक्षक सबैलाई मानसिक तनाव भएको छ । यस्तो बेला एकीकृत रुपमा परीक्षाफल प्रकाशन गरिदिन सकियो भने राहत हुने विश्वास लिएका छौं,’ वडाध्यक्ष लामाले अनलाइनखबरसँग भने, ‘त्यसको लागि सबै विद्यालयबाट वडामा परीक्षाफल बुझाइसक्न पनि आग्रह गरिसकेका छौं ।’

प्रकाशित परीक्षाफल महानगर र स्कुल दुवैको वेबसाइटमा राखिने वडाध्यक्ष लामाले सुनाए । ‘विद्यार्थीले सम्बन्धित कक्षाका शिक्षकलाई फोन गरेर पनि आफ्नो रिजल्ट प्राप्त गर्न सक्नेछन्,’ उनले भने, ‘रिजल्ट प्रकाशित भइसकेपछि पनि विद्यालयमा टाँग्ने वा टाँस्ने छैनौं । त्यसो गर्दा विद्यार्थीको फेरि भिड लाग्ने सम्भावना हुन्छ ।’

अनलाइन कक्षाभन्दा अनलाइन रिजल्ट प्राप्त गरिसकेपछि विद्यार्थीलाई पनि सजिलो हुने दाबी वडाध्यक्ष लामाको छ । ‘सबैले आफ्नो रिजल्ट थाहा पाइसकेपछि त्यही अनुसार मानसिक रुपमा तयार हुन्छन् । पढ्ने, लेख्ने उनीहरुको बानीमा पनि कमी आउने छैन,’ उनले भने, ‘सरकारले पाठयपुस्तक पसलक खोल्न दिने भनेको छ । नभए उनीहरुले आफ्ना अघिल्ला ब्याजका दाइदिदीका किताब लिएर पनि स्वअध्ययन गर्न सक्छन् ।’

पोखरा १३ मा ८ वडा सामुदायिक विद्यालयमा करिब ३ हजार ७ सय विद्यार्थी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?