+
+

जिल्ला अदालत कास्कीका श्रेस्तेदारविरुद्ध भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २८ गते १५:३६

२८ वैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत कास्कीका श्रेस्तेदार लोकनाथ पराजुलीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

अदालतमा विचाराधिन मुद्दामा नियन्त्रणमा लिएको गाडी छुटाइदिने प्रलोभन देखाउँदै घुस लिएको दाबीसहित अख्तियारले उनीविरुद्ध आइतबार मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?