+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

युट्युबमा कोरोना आतंक, ६ करोडले हेरे गलत सामग्री

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २ गते ११:१२

युट्युबमा सबैभन्दा धेरै हेरिएका कोरोना भाइरससम्बन्धी भिडियोमध्ये एक चौथाइ भिडियोका सामग्रीहरू गलत तथा भ्रामक रहेको एक अध्ययनले देखाएको छ ।

अध्ययनअनुसार, त्यस्ता गलत तथा भ्रामक भिडियोहरू समग्रमा ६ कोड २० लाखभन्दा धेरैपटक हेरिएको छ ।

युट्युबमा रहेका कतिपय त्यस्ता भ्रामक भिडियोहरूमा औषधि उत्पादक कम्पनीहरूले कोरोना भाइरसको खोप बनाइसकेको तर बेच्नका लागि अस्वीकार गरिरहेको दाबी गरिएको छ ।

सरकारी संयन्त्रहरू तथा स्वास्थ्य विज्ञहरूले कोरोना भाइरससम्बन्धी सही सूचनायुक्त तथा गुणस्तरीय भिडियो सामाग्रीहरू अपलोड गरिरहेको बताउँदै युट्युबले भ्लगर्स तथा युट्युब स्टार्सहरूले भने कोरोना भाइरससम्बन्धी सही सूचना प्रवाह गर्नका लागि खासै भूमिका नखेलेको जनाएको छ ।

बीएमजे ग्लोबल हेल्थ जर्नलमा प्रकाशित उक्त अध्ययनअनुसार, मनोरञ्जनसम्बन्धी समाचार प्रवाह गर्ने समाचार माध्यमहरू युट्युबमा कोरोना भाइरससम्बन्धी गलत सूचना प्रवाह गर्ने कार्यमा सबैभन्दा अगाडि छन् । त्यस्तै राष्ट्रिय पत्रिकाहरू र इन्टरनेट समाचार साइटहरूबाट समेत युट्युबमा गलत तथा भ्रामक जानकारीहरू प्रवाह हुने गरेको पाइएको छ । त्यस्तै, १८ प्रतिशत भ्रामक भिडियोहरू विभिन्न युट्युबर्सले अपलोड गरेका छन् ।

उता, युट्युबले भने आफ्नो प्लाटफर्मबाट गलत तथा भ्रामक सूचनाहरू फैलिन नदिनका लागि प्रतिबद्ध रहेको र कडा कदम चालिरहेको बताउँदै आएको छ । कोरोना भाइरससम्बद्ध गलत तथ्यहरू भएका भिडियोमाथि बन्देज लगाउने नीति युट्युबको रहेको भन्दै कम्पनीले नीति उल्लंघन त्यस्ता भिडियोहरूलाई तत्कालै हटाइने जनाएको छ ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?