+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

कोरोना निको हुन सक्ने भन्दै सांसदले प्रधानमन्त्रीलाई दिए मह

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ४ गते १८:३१

४ जेठ, काठमाडौं । मुस्ताङका सांसद प्रेमप्रसाद तुलाचनले कोरोना संक्रमितको उपचारका लागि उपयोगी हुन सक्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिमाली क्षेत्रमा पाइने मह दिएका छन् ।

हिमाली र उच्च पहाडी क्षेत्रमा पाइने मह कोरोना संक्रमितको उपचारका लागि प्रभावकारी हुन सक्ने भन्दै मह परीक्षणका लागि प्रधानमन्त्रीलाई दिएका हुन् ।

आफूलाई मुस्ताङका धर्मगुरुले पठाएको मह परीक्षणका लागि प्रधानमन्त्रीलाई पठाएको सांसदले आइतबार प्रतिनिधिसभा बैठकमा जानकारी गराए ।

‘धर्मगुरुले संक्रमित कोही भए हिमाली र उच्च पहाडी क्षेत्रमा पाइने मह सेवन गराउनुस् त्यसले उपचार हुन सक्छ भन्ने सुझाव आयो, त्यस अनुसार मैले सम्माननीय प्रधानमन्त्रीलाई लिखित रुपमा नै परीक्षणका गरिदिनुस् भनेर स्वास्थ्यमन्त्रीलाई पनि बोधार्थ दिएको छु’ उनले भने ।

यसको सकारात्मक नतिजा आएमा नेपालको प्राकृतिक महले विश्वबजार ढाकिने र मानिसहरु कोरोना संक्रमणबाट मृत्युवरण गर्न नपर्ने सांसद तुलाचनले दावी गरे ।

उनले आउँदो बजेटमा हिमाली क्षेत्रमा जडिबुटीको अनुसन्धान केन्द्र खोल्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?