+
+

पहिलोपटक कोरोनाबाट दक्षिण अफ्रिकामा नवजात शिशुको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ८ गते १३:२५

८ जेठ, काठमाडौं । दक्षिण अफ्रिकामा कोरोना भाइरस (कोभिड-१९) बाट पहिलोपटक नवजात शिशुको मृत्यु भएको छ । दक्षिण अफ्रिकाको स्वास्थ्य विभागले बुधबार दिएको जानकारी अनुसार दुई दिने नवजात शिशुको कोरोना भाइरसको कारण मृत्यु भएको हो । जन्मिएसँगै शिशुमा श्वासप्रश्वासको समस्या देखिएको थियो । त्यसलाई शिशुलाई भेन्टिलेसनमा राखिएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार शिशुकी आमालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । बुधबार दक्षिण अफ्रिकाले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा शिशुसहित २७ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको थियो । यससँगै दक्षिण अफ्रिकामा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या तीन सय ३९ पुगेको छ । साथै संक्रमितको संख्या १८ हजार तीन पुगेको छ ।

स्रोत  : केपटाउन ईटीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?