९ जेठ काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग सम्पन्न भएको तीन महिना भन्दा बढी समयपछि लिगको टेक्निकल ह्याण्डबुक सार्वजनिक गरेको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रबार राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव रमेशकुमार सिलवालको उपस्थितिमा उक्त ह्याण्डबुक त्रिपुरेश्वरमा सार्वजनिक गरेको हो ।
राखेप सदस्य सचिव सिलवाल एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंह लिग समिति संयोजक विज्ञानराज शर्माले रिपोर्ट सार्वजनिक गरे ।
एन्फा उपाध्यक्ष तथा टेक्निकल कमिटीका संयोजक उपेन्द्रमान सिंहले लिगको सम्पूर्ण तथ्याङ्क समेटेर यो पुस्तकको रुपमा तयार पारिएको बताए ।
लिग खेल्ने खेलाडीहरु लिगमा प्रयोग भएका खेलाडीहरु क्लबको फर्मेसनलगायत क्लबको बारेमा सम्पूर्ण जानकारी उल्लेख गरिएको सिंहले बताए ।
‘यसले टेक्निकल अध्ययन गर्ने प्रशिक्षक र प्राविधिकहरुलाई ठूलो मद्दत पुग्छ’ सिंहले भने, ‘यो हाम्रो पहिलो प्रयास हो । सबै टेक्निकल साथीहरु बसेर मिहिनेत गरेर यो तयार पारेका छौं ।’
राखेप सदस्य सचिव सिलवालले पहिलो पटक भएकोले केही कमजोरी हुन सक्ने भए पनि यो राम्रो प्रयास भएको भएको बताए । सिलवालले यो प्रशिक्षकहरुको लागि विशेष गरी राम्रो हुने बताए ।
एन्फा अध्यक्ष कर्मा छिरिङ शोर्पाले पहिलो पटक यस्तो ह्याण्डबुक प्रकाशन भएको भन्दै खुशी व्यक्त गरे । ‘म यसको ड्राफ्ट हेर्दा नै अत्यन्त हर्षित भएको थिएँ ।
किनभने नेपालको इतिहासमा यो पहिलो भएको महसुस गरेँ । मैले फिफा एएफसीका साथीहरु सबैसंग बुझ्दा यो दक्षिण एसियामै पहिलो रहेछ’ शेर्पाले भने ।
प्रतिक्रिया 4