+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

बारामा थप एक सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्‍टि

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ११ गते १४:०१

११ जेठ, काठमाडौं । बारामा थप एक जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत सर्लाही घर भएका ४९ वर्षीय सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पण्डितले भने, ‘उनको जेठ ७ गते यहीँ परीक्षण गरिएको थियो । तर, संक्रमितको सूचीमा उनी सर्लाहीको देखिन गएको रहेछ ।’

यसअघि मुद्दा शाखामा कार्यरत प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएको थियो । पहिलो संक्रमित जवानको कन्ट्याक ट्रेसिङको आधारमा उनको स्वाब जेठ ७ गते संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।

उनी प्रहरीका लागि निर्माण गरिएको बालमन्दिर आइसोलेसनमा बस्दै आएका थिए । उनलाई कलैया अस्पताल ल्याउने तयारी भइरहेको उनले बताए ।

यससँगै बारामा कोरोना संक्रमितको संख्या १३ पुगेको छ । जसमध्ये दुई जना शनिबार डिस्चार्ज भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?