+
+

के आलियाले नवाजुद्दिनसँग डिभोर्सका लागि ३० करोड मागेकी हुन् ?

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १६ गते १५:१४

बलिउड नायक नवाजुद्दिन सिद्धिकी घरयासी समस्यामा रुमल्लिएका छन् । नवाजुद्दिनकी श्रीमति आलिया सिद्धिकीले उनीसँग डिभोर्सका लागि ३० करोड रुपैयाँ र फ्ल्याट डिमाण्ड गरेको खबर फैलिएको थियो । यस्तै, उनले आफ्ना २ सन्तानका लागि २० करोड रकम समेत माग गरेको खबर सार्वजनिक भएको थियो ।

तर, यी सबै खबर झुटो रहेको आलियाले ट्विट मार्फत बताएकी छिन् । ट्विटमा आलिया लेख्छिन्–‘केही मिडियाकर्मीले मेरा वकिललाई फोन गरेर मैले दाबी गरेको फाइलको कपि पाएको बताउनुभएको छ । तर, ती सबै झुटा हुन् । यसको पछाडि को छ ? यो पक्कै पनि कुनै एक व्यक्तिलाई बचाउनका लागि गरिएको फन्डा मात्र हो । चाडै नै सबै कुरा सार्वजनिक गर्नेछु ।’

उनले, ट्विटरमार्फत सार्वजनिक भएका सबै कुराहरुलाई अस्विकार गरेको पनि बताएकी छिन् ।

आलिया र नवाजुद्दिनले सन् २००९ मा बिहे गरेका थिए । उनीहरुको एक छोरा र एक छोरी छन् । उनीहरु केही समयदेखि अलग–अलग बस्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?