Comments Add Comment

संगीतकार वाजिद खानको निधन

बलिउडका चर्चित संगीतकार वाजिद खानको निधन भएको छ । आइतबार राति उनको ४२ वर्षको उमेरमा निधन भएको हो । बलिउडमा साजिद-वाजिदको जोडी सर्वाधिक चर्चित मानिछ ।

वाजिद लामो समयदेखि किड्नीका बिरामी थिए । उनको मुम्बइको एक अस्पतालमा उपचार भइरहेको थियो । तर, स्वास्थ्य अवस्था झनै खराब भएपछि उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

उनलाई एक साता अगाडि कोरोना पोजिटिभ पुष्टि भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन्। साजिद-वाजिद बलिउड नायक सलमान खानको मनपर्ने संगीतकार हुन् । इदको अवसरमा सलमानले सार्वजनिक गरेको ‘भाइ भाइ’ बोलको गीतमा साजिद-वाजिदको संगीत थियो।

सन् १९९८ मा सलमान अभिनित चलचित्र ‘प्यार किया तो डरना क्या’बाट वाजिदले बलिउडमा संगीतको काम सुरु गरेका थिए । यसका साथै उनले ‘दबंग ३’को सबै गीतमा संगीत भरेका थिए । उनले ‘मेरा ही जलवा, सोनी दे नखरे, माआअल्लाह, डू यु वन्ना पार्टनर’ लगायतका हिट गीतमा संगीत भरेका छन् । उनले सन् २०११ म ‘फिल्मफेयर अवार्ड’मा उत्कृष्ट संगीतकारको अवार्ड पनि प्राप्त गरेका थिए ।

वाजिदको निधनले सिंगो बलिउड नै स्तब्ध बनेको छ । केही साताअगाडि मात्र बलिउडका दुई चर्चित कलाकार इरफान खान र ऋषि कपुरलाई गुमाएको बलिउडले आइतबार राति अर्का चर्चित संगीतकार वाजिद खानलाई गुमाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment