+
+

काेसी अस्पतालबाट २७ जना संक्रमित डिस्चार्ज 

हरि अधिकारी हरि अधिकारी
२०७७ जेठ २२ गते १७:५०

२२ जेठ, विराटनगर । विराटनगरस्थित कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रबाट २७ जना कोरोनामुक्त भएर बिहीबार डिस्चार्ज भएका छन् । चार जना महिलासहित २७ जना बिहीबार कोरोना मुक्त भएर डिस्चार्ज भएका हुन ।

डिस्चार्ज हुनेमा उदयुरका ३, झापाका ७, मोरङका ६, सुनसरीका ४, धनकुटाका २, खोटाङका १ र सप्तरीका २ जना छन् । डिस्चार्ज भएकाहरुलाई प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले फूलको गुच्छा दिएर बिदाइ गरेका थिए ।

२७ जना संक्रमित डिस्चार्ज भएसँगै अस्पतालमा १४ जना संक्रमित उपचाररत छन् । अस्पतालमा उपचाररत सबैको अवस्था सामान्य रहेको कोसी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेण्डेन्ट डाक्टर संगीता मिश्राले बताइन् ।

केही दिन संक्रमण अझै बढ्छ : मन्त्री घिमिरे

भारतबाट नेपाल फर्कने क्रम बढेका कारण प्रदेशमा काेराेना संक्रमितको संख्या अझै बढ्ने प्रदेश १ का सामाजि विकास मन्त्री जीवन घिमिरेले बताएका छन् ।

परीक्षणको दायर बढाइएका कारण अझै केही दिन प्रकोप बढ्ने उनले बताए । कोरोनाबाट जोगिन उच्च सतर्कता अपनाउन आवश्यक रहेको उनकाे भनाइ थियो ।

बिहीबारसम्म प्रदेश १ मा २०१ जनामा कोरोना संक्रमण देखिएको छ ।

 

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?