+
+

बैतडीको क्वारेन्टिनमा थप एकको मृत्यु

रामहरि ओझा रामहरि ओझा
२०७७ जेठ २५ गते ९:२७

२५ जेठ, डोटी । भारतबाट फर्किएर बैतडीको क्वारेन्टिनमा बसेका अर्का एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालयको क्वारेन्टिनमा बसेका पाटन नगरपालिका–६का ३१ वर्षीय पुरुषको शनिबार राति करिब साढे ८ बजे मृत्यु भएको हो । उनी शनिबार बिहान मात्रै भारतको बेंगलोरबाट पाटन आइपुगेका थिए ।

साँझ एकाएक बेहोस भएका उनलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको पाटन प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्य सहायक प्रेमसागर भट्टले जानकारी दिए ।

मृतकको स्वाब संकलन गरी परीक्षणका लागि धनगढी पठाइएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए । मृतकको दाहसंस्कार गर्ने विषयमा छलफल पनि भइरहेको स्वास्थ्य शाखा प्रमुख महराले बताए । ‘भारतबाट सँगै आएका मृतकका सहोदर भाइले आफूहरु सुरक्षित स्थानबाट सुरक्षित तरिकाले आएकाले कोरोना संक्रमण नभएको दावी गर्दैछन्,’ महराले भने, ‘उनीहरु अब शव सड्न नदिने भन्दै दाहसंस्कार गर्ने जिद्दी गरिरहेका छन् ।’ उनीहरुले हृदयघातका कारण मृत्यु भएको दावी गरिरहेको महरा बताउँछन् ।

मृतकसँगै उनका भाइसहित अन्य १३ जना एउटै गाडीमा आएका थिए । उनीहरुमध्ये पाँच जनाको र्‍यापिड डाइग्नोष्टिक टेष्ट गर्दा नतिजा नेगेटिभ आएको महराले जानकारी दिए । सबैको स्वाव संकलनका लागि जिल्लामा भिटिएम किट नभएकाले मृतकको मात्रै स्वाब पठाइएको उनी बताउँछन् ।

यसअघि पनि भारतबाट आएर क्वारेन्टिनमा बसेकी एक महिलाको जेठ २० गते मृत्यु भएको थियो । पुर्चौडी नगरपालिका–४ भटनास्थित मालिका माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेकी २२ वर्षीया महिलाको कोरोना पीसीआर रिपोर्ट भने नेगेटिभ आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?