+
+

‘आर्या’मा काजोलको स्थान कसरी सुष्मिताले लिइन् ?

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २९ गते १०:०४

बलिउड नायिका सुस्मिता सेन ‘आर्या’ नामक डिजिटल सिरिजबाट अभिनयमा कमब्याक गर्दैछिन् । सुस्मिताले यो सिरिज गत वर्ष नै साइन गरेकी थिइन् । अहिले उनी यो सिरिजको प्रचारमा व्यस्त थिइन् ।

तर यो सिरिजको पहिलो रोजाइमा भने सुस्मिता थिइनन् । यसको निर्माणपक्षले नायिका काजोललाई अफर गरेको थियो । काजोलले यो भूमिकालाई निकै रुचाएकी पनि थिइन् । काम गर्नका लागि राजी भएकी काजोलले अन्तिम समयमा आएर समय अभावका कारण यो सिरिजमा काम गर्न सकिनन् ।

सुरुवातमा यसको निर्माणपक्षले ‘आर्या’लाई चलचित्रको रुपमा नै बनाउने तयारी गरेको थियो । तर जब हटस्टारको टिमले यो विषयमा मन बनायो, यसपछि यसको निर्माणपक्षले सिरिज बनाउने निर्णय गर्‍यो ।

यो सिरिजलाई राम माधवानीले निर्देशन गर्दैछन् । रामका अनुसार, यसको शीर्ष भूमिकामा बलियो अभिनय गर्ने महिला कलाकारको आवश्यकता थियो । काजोलको समय नमिलेपछि सुस्मितालाई अफर गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?