भक्तपुर क्यान्सर अस्पतालमा ‘रेडिएसन अन्कोलोजी’ विभागका प्रमुख डा. उज्वल चालिसे भन्छन्, ‘मूलतः खराब आहार विहार क्यान्सरको कारक मानिएको छ । त्यससँगै हाम्रो पर्यावरण, जीवनशैली आदि पनि क्यान्सरको कारक हुन् । कतिपयलाई भने यसै पनि क्यान्सर हुन्छ । उनीहरुको शरीरको बनावटमा भर पर्छ । कतिपयलाई वंशाणुगत क्यान्सर हुन्छ ।’
हाम्रो अस्वस्थ्यकर जीवनशैली, खानपान नै यो रोग जन्माउने कारक हुन् । त्यसैले स्वस्थ्य दिनचर्यामा आफुलाई अभ्यस्त गराउनुपर्छ, ताकि क्यान्सरको संभवनालाई टार्न सकियोस् ।
त्यसो त सुरुवाती चरणमा क्यान्सर लागेको थाहा भए उपचार संभव छ । हामीकहाँ यसका थुप्रै उदाहरण पनि छन् । क्यान्सर लागेर पनि त्यसको सफल उपचारपछि सामान्य जीवन विताइरहेकाहरु हाम्रै समाजमा छन् ।
यद्यपी यसको लक्षण वा संकेत पर्खिरहनुभन्दा स्वस्थ्य दिनचर्यामा आफुलाई अभ्यस्त गराउनु राम्रो हो ।
दिनहुँ पसिना बगाउने
एक अध्ययन अनुसार फिटनेसप्रति सचेत व्यक्तिको तुलनामा अल्छी व्यक्तिमा फोक्सोको क्यान्सर हुने आशंका ६८ प्रतिशत बढी हुन्छ । साथै कोलेरेक्टर क्यान्सर (अन्द्राको क्यान्सर) हुने खतरा ३८ प्रतिशत बढी हुन्छ ।
कार्डियो र रेजिस्टेन्स ट्रेनिङले हर्मोनल लेभल एवं प्रतिरक्षा क्षमता सही राख्छ । यसले गर्दा क्यान्सरको सेल्स विकास हुन पाउँदैन । साथै दिनहुँ पसिना बगाउनेहरुको प्रतिरक्ष प्रणाली बलियो हुन्छ । उनीहरुलाई रोगले अक्रमण गर्न सक्दैन ।
तारेको भुटेको नखाने
फ्रेड हचिन्सन क्यान्सर रिचर्स सेन्टरमा भएको एक अध्ययन अनुसार जो व्यक्ति हप्तामा एक वा दुई पटकभन्दा बढी तैलिया खानेकुरा जस्तो कि, फ्रेन्ज फ्राइज, तारेको माछा इत्यादि सेवन गर्छन्, उनीहरुलाई प्रोस्टेट क्यान्सर हुने खतरा अधिक हुन्छ । किनभने तेललाई उच्च तापमानमा तताएपछि कार्सिनोजेनिक कम्पाउन्ड नामक हानिकारक केमिकल विकास हुन्छ, जो क्यान्सरको कारण बन्छ ।
त्यसैले तारेको, भुटेको खासगरी डिप प्राइड खानेकुरा स्वास्थ्यका लागि एकदमै घातक हो ।
अनारको जुस पिउने
युनिभर्सिटी अफ विस्कान्सिनका शोधकर्ताका अनुसार अनारको जुसले फोक्सोको क्यान्सर हुनबाट बचाउँछ । यसअघि भएको अर्को अध्ययन अनुसार यसले प्रोस्टेट क्यान्सरबाट बचाउनका साथै क्यान्सरको ट्रीटमेन्ट गरिरहेका पुरुषको पीएसए लेभल स्थिर राख्छ ।, अनारको जूसमा पोलीफेनाल्स आइसोफ्लेवोनस र इलैजिक एसिड पाइन्छ, जो क्यान्सरसँग लड्ने क्षमता राख्छ ।
परीक्षण गराउने
द सेन्टर फर डिजीज एन्ड प्रिभेन्शनका अनुसार यदि ५० बर्षभन्दा बढी उमेरपछि नियमित अन्तरालमा कोलोन क्यान्सरको जाँचका लागि स्क्रीनिङ गराएमा क्यान्सरबाट हुने मृत्युदरमा ६० प्रतिशत कमी आउँछ ।
फाइबरसँग मित्रता
क्लीनिकल न्यूट्रिशनको पत्रिकामा छापिएको अध्ययन अनुसार, जो व्यक्ति दैनिक प्रति एक हजार क्यालोरीमा १९ ग्राम फाइबर सेवन गर्छन्, उनीहरुमा मृगौलाको क्यान्सर हुने खतरा १९ प्रतिशत कम हुन्छ । अध्ययन अनुसार फाइबरले क्यान्सर पैदा गर्ने टक्सिन्सलाई मृगौलासम्म पुग्नबाट रोक्छ ।
घुर्ने समस्याको उपचार
युनिभर्सिटी अफ विस्कन्सिन मेडिसिन, स्कुल अफ मेडिसिन एन्ड पब्लिक हेल्थका अनुसन्धानकर्ता अनुसार, जो व्यक्ति राती सुतेको बेला घुर्छन्, उनीहरु घुर्ने समस्याकै कारण रोगी हुने खतरा अन्य व्यक्तिको तुलनामा पाँच गुणा बढी हुन्छ । किनभने घुर्ने बेलामा रगतमा अक्सिजनको लेभल कम हुन्छ, यहि कारण रगतमा रहेको ट्युमर तिब्र रुपमा फैलन्छ ।
उभिनुपर्छ
अमेरिकन इन्स्टिच्युट फर क्यान्सर रिचर्सका अनुसार प्रतिबर्ष क्यान्सरको ९२ हजारभन्दा बढी घटनाको कारण धेरै बस्ने पाइएको छ । यदि हामी नियमित रुपले व्यायाम गर्छौ, भने यो खतरा कम हुन्छ । त्यसैले हरेक एक वा दुई घण्टाको बिचमा उठ्ने, जिउ तन्काउने, टहल्ने गर्नुपर्छ । यसले शरीरमा क्यान्सर पैदा गर्ने मोलिक्युल्सको लेभल कम हुन्छ ।
भिटामिन डिको सेवन
अमेरिकन जनरल अफ क्लिनिकल न्यूट्रिशनमा छापिएको अध्ययन अनुसार, जो व्यक्तिले डाइटमा १ हजार आईयू विटामिन डि सप्लिमेन्ट सामेल गर्छ, उनीहरुमा क्यान्सरको खतरा ७७ प्रतिशत कम हुन्छ ।
ड्राई फ्रुट्स खानुपर्छ
प्रतिदिन एक मुठी ड्राई फ्रुट्स सेवन गर्नुपर्छ, किनकी यसमा स्वास्थ्यवद्र्धक सेलेनियम हुन्छ । हवार्ड युनिभर्सिटीमा भएको अध्ययन अनुसार नियमित सीमित मात्रामा ड्राई फ्रुट्स सेवन गर्दा प्रोस्टेट क्यान्सर हुने खतरा ४८ प्रतिशत कम हुन्छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4