४ असार, काठमाडौं । सय दिनको ब्रेकपछि फेरि सुरु भएको प्रिमियर लिगमा म्यानचेष्टर सिटीले आर्सनलमाथि सहज जित हात पारेको छ । घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा सिटीले आर्सनललाई ३-० ले हरायो ।
सिटीका लागि रिम स्टर्लिङले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै अग्रता दलाएका थिए । दोस्रो हाफमा आर्सनलका डेविड लुइज रातो कार्ड खाँदै मैदान बाहिरिएपछि सिटीले त्यसको फाइदा उठाउँदै दुई गोल थप्यो ।
४९औं मिनेटमा लुइजले सिटीका रियाद महारेजले पेनाल्टी एरियामा फल गरेपछि रेफ्रीले सीधै रातो कार्ड देखाउँदै सिटीलाई पेनाल्टी दिएका थिए । आर्सनलका खेलाडीले त्यसमा अपिल गरेपनि रेफ्रीले निर्णय परिवर्तन गरेनन् । ४९औं मिनेटमा केभिन डे ब्रुएनाले पेनाल्टीमा गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।
इन्जुरी टाइमा फिल पोडेनले सिटीका लागि तेस्रो गोल गरे ।
जितपछि २९ खेलबाट ६० अंक जोडेको सिटी दोस्रो स्थानमै छ । सिटीको जितको अर्थ शीर्ष स्थानको लिभरपुलले उपाधि जित्नका लागि दुई खेल नै जित्नुपर्नेछ ।
समान खेलबाट ८२ अंकसहित लिभरपुल शीर्ष स्थानमा छ ।
यस्तै कोरोनाभाइरस महामारीपछि भएको पहिलो खेलमा शेफिल्ड युनाइटेड र एस्टन भिल्लाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
प्रतिक्रिया 4