+
+

रुग्ण उद्योगको सञ्चालन मोडालिटीबारे अध्ययन गर्न कार्यदल गठन

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २४ गते १९:५०

२४ असार, काठमाडौं । सरकारले निजी तथा सरकारी रुग्ण उद्योग समस्या र सञ्चालन उपायबारे मोडालिटीसहितको अध्ययन प्रतिवेदन पेश गर्न कार्यदल गठन गरेको छ । पूर्व सञ्चार सचिव दीपक सुवेदीको संयोजकत्वमा अन्य पाँच सदस्य रहेको कार्यदल बनेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

कार्यदलमा उद्योग, वाणिज्य र बैंकिङ तथा आर्थिक क्षेत्रका तीन विज्ञ, मन्त्रालय मातहतका भौतिक पूर्वाधार तथा वातावरण महाशाखा प्रमुखहरु सदस्य र औद्योगिक तथा लगानी प्रवर्द्धन महाशाखाका प्रमुख सहसचिव सदस्य सचिव तोकिएका छन् ।

उद्योग, वाणिज्य र बैंकिङ तथा आर्थिक क्षेत्रका विज्ञमा पूर्व सहसचिव जीवराज कोइराला, बैंकिङ क्षेत्रबाट नेपाल राष्ट्र बैंकका पूर्व कामु कार्यकारी निर्देशक डा.गोपाल भट्ट र लेखा परीक्षक कृष्णप्रसाद आचार्य छन् ।

कार्यदललाई सार्वजनिक तथा निजी क्षेत्रका उद्योगको भौतिक, वित्तिय, प्राविधिक तथा बजार प्रणाली र व्यवस्थापकीय पक्षको अडिट गरी रुग्ण उद्योगको पहिचान गर्ने, उद्योगहरु रुग्ण हुनुको कारण, पुनरुत्थानको योजनाको मोडालिटी बनाउने लगायतका कार्यादेश तोकिएको छ ।

रुग्ण उद्योगले पाउनुपर्ने छुटबारे गर्नुपर्ने कानुनी सुधारको सुझाव पेश गर्ने तथा कोभिडले पुर्‍याएको क्षतिको अध्ययन गर्न पनि भनिएको छ । कार्यदललाई सुुझाव पेश गर्न तीन महिनाको अवधि दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?