Comments Add Comment

एनसेलले ल्यायो ‘इन्डलेस कुराकानी प्लस’

३१ असार, काठमाडौं । एनसेलले आफ्नो नयाँ थिम ‘प्लस’अन्तर्गत प्रिपेड ग्राहकलाई आकर्षक भ्वाइस अफर ‘इन्डलेस कुराकानी प्लस’ल्याएको छ।

यस योजनाअन्तर्गत ग्राहकले अझ सुलभ दरमा भ्वाइस सेवाबाट लाभ लिनसक्ने जनाइएको छ। प्रिपेड ग्राहकले अब आफ्ना परिवार, आफन्त र साथीभाइसँग एनसेल नेटवर्कभित्र अझै सुलभ दरमा धेरै कुराकानी गर्न सक्ने एनसेलले जनाएको छ।

प्रिपेड ग्राहकले यस अफरअन्तर्गत ७ दिन, १५ दिन वा ३० दिनको समयावधि रहेको भ्वाइस प्याक आफ्नो आवश्यकताअनुसार सुचारु गर्न सक्नेछन्।

ग्राहकले ७ दिन समयसीमा रहेको ७०० मिनेट अन नेट टक टाइम कर सहितमात्र रु ९५.७७ मा लिन सक्नेछन् । यो प्याकमा ग्राहकले ७ दिनसम्म प्रतिदिन १०० मिनेट टक टाइम प्राप्त गर्नेछन्। त्यस्तै १५ दिनको प्याकमा ग्राहकले करसहित १९१.५४ मा १,८७५ मिनेट अन नेट टक टाइम पाउनेछन् र १५ दिनसम्म प्रत्येक दिन १२५ मिनेटको टक टाइमबाट फाइदा लिन सक्ने जनाइएको छ।

साथै भ्वाइस सेवाको अलि धेरै आवश्यकता रहेका ग्राहकका लागि ३० दिनको आकर्षक भ्वाइस प्याक रहेको छ । यसअन्तर्गत ग्राहकले कर सहितमात्र रु ३८१ं.७९ मा ४,५०० मिनेट अन नेट टक टाइम लिन सक्नेछन्। यसमा ग्राहकले हरेक दिन १५० मिनेट टक टाइम ३० दिनसम्म प्राप्त गर्नेछन्। यो प्याक सुचारु गर्ने ग्राहकले मात्र ८ पैसा प्रतिमिनेटमा कुराकानी गर्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment