+
+

गुल्मीमा मास्क नलगाए एक सय जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ४ गते ७:२०

४ साउन, गुल्मी । गुल्मीमा मास्क नलगाई हिँडडुल गर्नेलाई १ सय रुपैयाँ जरिवाना गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले सरोकारवालासँग छलफल गरेपछि मास्क नलगाउनेलाई जरिवाना गर्ने निर्णय गरेको हो ।

यदि कुनै व्यक्ति मास्क नलगाई घर बाहिर निस्कने, सडक तथा सार्वजनिक स्थानमा भिडभाड गर्ने गरेमा त्यस्तता व्यक्तिलाई नियन्त्रणमा लिई एक सय रुपैयाँ जरिवाना गरिने जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए ।

कोरोना भाइरसको संक्रमणको जोमिख कायमै रहेकाले घरबाहिर निस्किदा अनिवार्य मास्क लगाउन जिल्ला प्रशासन कार्यालयले जिल्लावासीलाई आग्रह गरेको छ ।

यसैगरी प्रशासनले गुल्मी उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्शको सहमतीमा अत्यावश्यक सेवाबाहेकका अन्य पसल तथा व्यवसायहरु प्रत्येक दिन बिहान १० बजेदेखि ५ बजेसम्म मात्रै खोल्ने निर्णय गरेको छ ।

त्यस्तै क्वारेन्टिनको रुपमा प्रयोग भई हाल खाली रहेका विद्यालयहरुलाई सम्बन्धित पालिकाहरुबाट सेनिटाइजिङ, मर्मत सम्भार तथा सरसफाइ गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।

बन्दाबन्दीको मौका छोपी यात्रुहरुबाट अत्याधिक भाडा लिएको गुनासो आएकाले त्यसो गरेको पाइएमा तत्काल गाडी नम्बरसहित नजिकैको प्रहरी चौकीमा खबर गर्न प्रशासनले गुल्मी जिल्लावासीलाई आग्रह पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?