+
+

दार्चुलामा पहिरोमा पुरिएर २ जनाको मृत्यु, ३ जना घाइते

भानुभक्त आचार्य भानुभक्त आचार्य
२०७७ साउन ६ गते ११:३४

६ साउन कैलाली । दार्चुलामा सोमबार राति गएको पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् । जिल्लाको मालिकार्जुन गाउँपालिका-८ मा पहिरोले पुरिएर स्थानीय अर्जुन दर्जी र मिलन दर्जीको मृत्यु भएको हो ।

पहिरोले पुरिएर र घाइते भएकामध्ये सोही ठाउँकी लक्ष्मी परियार गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

लक्ष्मीका छोरा सुभम बिहान पहिरोबाट जोगिएर गाउँलेलाई खबर गरेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी र स्थानीयले उद्धार गर्न पुग्दा दुईजनाको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) पदमबहादुर बिष्टले जानकारी दिए ।

घाइते लक्ष्मीकी छोरी सोनियालाई भने प्रहरीले सकुशल उद्धार गरेको छ ।उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?