Comments Add Comment

तनहुँमा करेन्ट लागेर एकजनाको मृत्यु   

२१ साउन, तनहुँ । तनहुँमा करेन्ट लागेर बुधबार दिउँसो एक युवकको मृत्यु भएको छ । व्यास नगरपालिका–४ निवासी ३० वर्षीय सुवास श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

व्यास नगरपालिका–१ विज्ञानचौरस्थित पिताम्बर थापाको घरमा वर्ल्ड लिंकको इन्टरनेट जोड्ने क्रममा उक्त घट्ना भएको हो । करेन्ट लागेर सख्त घाइते श्रेष्ठको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा लैजाँदा चिकित्सकले मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment