
नायक पल शाह र मोडल उषा उप्रेतीको मोडलिङमा नयाँ गीत ‘माया गरौंला’ सार्वजनिक भएको छ । भिडियोमा पल र उषासँगै सुधिर श्रेष्ठ र सुनिषा बजगाँइको अभिनय छ । यो गीतमा सरोज ओली र अस्मिता अधिकारीको स्वर, दिनेश थपलियाको शब्द, आचार्य कृष्ण भारद्धाजको संगीत छ ।
भिडियो छायांकनमा निकै मिहिनेत गरिएको छ । यसका शब्दहरु पनि दर्शकको मुखमा झुन्डिने खालका छन् ।
सरोज ओलीको निर्देशनमा बनेको यो भिडियोमा विक्रम स्वाँरको कोरियोग्राफी छ । नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा अमन मानन्धरको सम्पादन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4