+
+

सप्तरीमा चिकित्सकसहित थप ३३ जनामा कोरोना

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २८ गते १७:२१

२८ साउन, सप्तरी । सप्तरीमा एक चिकित्सकसहित थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत ३२ बर्षीय पुरुष चिकित्सकमा संक्रमण पुष्टि भएको छ ।

राजविराज नगरपालिका वडा नम्बर ६ मा ८, वडा नम्बर २ का ९ जना, वडा नम्बर ७ का ५ जना, वडा नम्बर ४ का ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक जनाको भने ठेगाना खुलेको छैन ।

रुपनी गाउँपालिका ५ का ४ जना र ६ का एक जनामा पनि संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

सप्तरीमा कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?