+

एपीएफका ३४ खेलाडीलाई कोरोना संक्रमण

२०७७ भदौ  ५ गते १७:२३ २०७७ भदौ ५ गते १७:२३
एपीएफका ३४ खेलाडीलाई कोरोना संक्रमण

५ भदौ, काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ)का ३४ जना खेलाडीलाई कोरोना संक्रमण भएको छ ।

नेपाल सरकारले सीमा सुरक्षाका लागि पठाएका खेलाडीहरु काठमाडौं फर्किएर कोरोना परीक्षण गर्दा ३४ जनामा कोरोना पोजिटिभ देखिएको एपीएफ स्रोतले जनाएको छ ।

सीमाबाट फर्केका खेलाडीलाई कीर्तिपुर र दुवाकोट मा क्वारेन्टिनमा राखिएको छ । जसमध्ये कीर्तिपरमा १८ र दुवाकोटमा १६ जनालाई पोटेभिज देखिएको हो ।

यसअघि पनि दुईजना खेलाडीमा कोरोना पोजेटिभ देखिएको थियो । अहिलेसम्म कुल ३६ जनाको रिपोर्ट पोजेटिभ आएको स्रोतले जनाएको छ ।

पछिल्लो पटक काठमाडौं उपकत्यकामा कोरोना संक्रमितको संख्या बढिरहेको छ । यस्तै विभिन्न खेलका खेलाडी र प्रशिक्षकमा पनि कोरोना संक्रमण देखिएको छ ।

एपीएफ कोरोना भाइरस कोरोना संक्रमण
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय