१४ भदौ, काठमाडौं । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो ।
प्रहरी उच्च स्रोतका अनुसार योसँगै रानीपोखरीमा संक्रमित हुने प्रहरीको संख्या २८ पुगेको छ । संक्रमण बढेसँगै प्रहरीले न्यून जनशक्तिबाट काम गरिरहेको छ ।
योसँगै हाल उपत्यकामा संक्रमित प्रहरीको संख्या २७८ पुगेको छ । देशभर एक हजार ५ सय ६७ प्रहरी संक्रमित छन्, तीमध्ये ६ सय ७४ जना निको भएर फर्किसकेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतले अनलाइनखबरलाई बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4