
१५ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ११ हजार ४९० नमुना परीक्षण गर्दा ३०३ महिला र ५९६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यससँगै संक्रमित हुनेको संख्या ३९ हजार ४६० पुगेको छ । उनीहरुमध्ये २२८ जनाको मृत्यु भएको छ भने २१ हजार ४९० जना कोरोनामुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा ५८८ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कहाँ कति थपिए संक्रमित ?
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा २९८ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये काठमाडौंका १९०, ललितपुरका ६७ र भक्तपुरका ४१ जना छन् ।
यस्तै सर्लाहीका १०३ जना, चितवनका ७१, मकवानपुरका ४२, सुर्खेतका ३८, पर्साका ३४, धनुषाका ३१, तनहुँका २६, सुनसरीका २५, बारा र अछामका २३/२३ जना, सप्तरीका २२, मोरङका १९, कैलालीका १६, बाँकेका १४, काभ्रे र गोरखाका १३/१३ जना र रुपन्देहीका ११ जनामा संक्रमण पुष्टि भएको छ ।
संखुवासभा र नवलपुरका ९/९ जना, सिन्धुली र कञ्चनपुरका ७÷७ जना, महोत्तरीका ६, झापा र सिराहाका ५/५ जना, बाग्लुङका ४, कास्की र नवलपरासीका ३/३ जना, दोलखा, रामेछाप, लमजुङ, अर्घाखाँची, बर्दिया र बैतडीका २/२ जना तथा खोटाङ, ओखलढुंगा, रौतहट, धादिङ, सिन्धुपाल्चोक, कपिलवस्तु, पाल्पा, जुम्ला, डोटी र बझाङका १/१ जनामा संक्रमण देखिएको छ ।
प्रतिक्रिया 4