
नायक सुशान्त सिंह राजपुतको निधनपश्चात उत्पन्न परिस्थितीले अहिले नयाँ मोड लिइरहेको छ । उनको निधनपछि विभिन्न व्यक्तिहरुमाथि छानविन पनि भैरहेको छ । अहिले, मिडिया र प्रहरीको निशानामा उनकी प्रेमिका रिया चक्रवर्ती परेकी छिन् ।
आइतबार आफ्नो बयानका लागि एनसीबीको अफिस पुगेकी रियालाई मिडियाका क्यामेराले घेरेका थिए । मिडियाकर्मीले न त सामाजिक दुरीको नै ख्याल राखे न त रियाको मौलिक हकको सम्मान नै गरे । उनलाई प्रहरीले सुरक्षा दिएर एनसीबीको अफिस भित्र पुर्याएको थियो ।
मिडियाकर्मीसँग रियाको धक्कामुक्की भयो । यो भिडियो सार्वजनिक भएपछि बलिउडका कलाकारले आक्रोश पोखेका छन् ।
कलाकार परेश रावल लेख्छन्–‘मिडिया हुन् या भेडा ?’
यस्तै, नायिका तापसी पन्नुले लेखिन्–‘न्यायको नाममा मिडियाले एक व्यक्तिलाई दोषी सावित हुनु अगाडि नै उसको बाच्ने अधिकार बञ्चित गरिदिएका छन् । म इमान्दार भएर प्रार्थना गर्छु कि, कर्मले यी सबै मानिसहरुलाई पत्ता लगाएर उनीहरुसँग हिसाब लिनेछ । जो यती तल्लो स्तरमा गिरेका छन् ।’
नायिका दिया मिर्जाले पनि आक्रोश व्यक्त गर्दै मिडियालाई गिद्ध भनेकी छिन् । उनी लेख्छिन्–‘यो बिषयमा कानुनी रुपमा कदम उठाउन जरुरी छ । यो व्यवहार निन्दनिय छ । रियालाई अफिस जानका लागि बाटो र सामाजिक दुरीको अधिकारी किन दिइएन ? मिडियाले गिद्धको जस्तो व्यवहार किन गरिरहेको छ । कृपया, उनलाई बाटो दिइयोस् । उनी र उनको परिवारमाथिको हमला बन्द गरियोस् ।’
नायिका हुमा कुरेशीले लेखिन्–‘हामीमा के समस्या छ ? हामी यस्तो व्यवहार गर्न सक्दैनौं । पक्कै पनि वास्तविक कुरा बाहिर आउन आवश्यक छ । तर, रिया एक महिला भएको नाताले पनि उनलाई सामाजिक दुरीको अधिकार छ ।’
प्रतिक्रिया 4