+
+

मोरङमा एकजना थुनुवामा कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २३ गते १२:१५

२३ भदौ, विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा रहेका थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ । जवरजस्तीकरणी मुद्दामा पक्राउ परेका व्यक्तिमा कोरोना पोजेटिभ देखिएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक -डीएसपी) मानबहादुर राईका संक्रमित पुरुष सुनवषर्ी नगरपालिका-४ का २६ वर्षीय युवक हुन ।

ती युवकलाई प्रहरीले २० भदौमा पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेको थियो । सोमबार राति पोजेटिभ रिपोर्ट आएको हो ।

संक्रमित युवकलाई विराटनगरस्थित मारवाडी सेवा सदनको आइसोलेसनमा भर्ना गरिएको छ । प्रहरीको हिरासतमा २६ जना थुनुवा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?