
१९ असोज, कैलाली । मोटरसाइकलको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको पुर्नवास नगरपालिका १ स्थित बलभद्र बस्तीमा से६प २९२८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ७० वर्षीय सिंहबहादुर तामाङको मृत्यु भएको हो ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
सोही मोटरसाइकलको ठक्करबाट ५५ वर्षीय बलबहादुर तामाङ पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4