+
+

जीर्ण सडक मर्मत गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २० गते १९:४२

२० असोज, वीरगञ्ज । वीरगञ्जको माईस्थान मन्दिरदेखि गीता मन्दिरसम्मको सडकखण्ड जीर्ण छ । सडकमा गरिएको कालोपत्रे उप्किसकेको छ । खाल्डाखुल्डी बनेको छ । जसले गर्दा सवारी साधन सञ्चालन गर्न समस्या भइरहेको छ । वर्षा हुँदा पानी जम्ने र घाम लागेपछि सडकबाट धुलो उडेर समस्या हुने गरेको स्थानीयको गुनासो छ । सोही सडकखण्ड मर्मत गर्न स्थानीयले वीरगञ्ज महानगरपालिकाको ध्यानाकर्षण गरेका छन् ।

वीरगञ्ज स्प्रिट क्लबले ७ दिन भित्र सडक मर्मत गरिसक्न महानगरपालिकालाई पत्रमार्फत अनुरोध गरेको छ । महानगरलाई बुझाएको पत्रमा माईस्थानदेखि गीत मन्दिरसम्मको सडकखण्ड जीर्ण भएका कारण ७ दिन भित्र सडक निर्माण गर्न माग गरेको हो ।

सडक जीर्ण हुँदा त्यस क्षेत्रमा रहेका व्यापार व्यवसाय सञ्चालनमा समेत समस्या परिरहेको व्यापारीहरुको भनाइ छ । क्लबका अध्यक्ष राजन गुप्ताले बुझाएको ज्ञापनपत्रमा ७ दिनभित्र सडक मर्मतसम्भार नगरे आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?