+
+

राप्रपाद्वारा डा. केसीको जीवन रक्षाको माग

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २२ गते २०:०९

२२ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ ।

राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीबीच बिहीबार बसेको बैठकले डा. केसीको जीवन रक्षार्थ आवश्यक पहल गर्न सरकारसँग माग गर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगमा राप्रपा दर्ता भएकोमा खुसी व्यक्त गर्दै आयोगलाई धन्यवाद दिने निर्णय समेत बैठकले गरेको राप्रपाले जनाएको छ ।

बैठकले जिल्लामा पार्टी समायोजनको समय असोज २९ सम्म बढाउने, केन्द्रीय कार्य समिति विस्तार गर्ने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?