+
+

जग्गा किन्ने बहानामा लुटपाटपछि हत्या गर्ने ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २७ गते ११:१५

२७ असोज, काठमाडौं । भक्तपुरका  एक व्यक्तिलाई जग्गा हेर्ने बहानामा लुटपाट गरी हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ३७ वर्षीय कामी शेर्पा, २८ वर्षीय रमेश तामाङ र ३० वर्षीय प्रेम तामाङ छन् । उनीहरुलाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । कामी शेर्पा मुख्य योजनाकार भएको महाशाखाका अनुसन्धान अधिकारीहरु बताउँछन् ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–८, सुडालका ६१ वर्षीय चन्द्रकुमार योञ्जनको गत हप्ता हत्या भएको थियो । गत बुधबार अपरान्ह करिब ४ बजेतिर घरमा आएका अज्ञात व्यक्तिहरुको अनुरोधपछि योञ्जन बिक्रीमा रहेको जग्गा देखाइदिन भन्दै डेढ किलोमिटरको दूरीमा रहेको क्षेत्रमा गएका थिए ।

जग्गा किन्ने बहाना बनाएर आएकाहरुले योञ्जनलाई कुटपिट गरी सिक्री लुटेर भागेका थिए । योञ्जनको उपचारको क्रममा गत बिहीबार मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?