+
+

बागमती प्रदेशको दुग्ध बोर्डको उपाध्यक्षमा सापकोटा नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २७ गते २१:५२

२७ असोज, हेटौंडा । बागमती प्रदेशको दुग्ध बिकास बोर्डको उपाध्यक्षमा टीका बल्भब सापकोटा नियुक्त भएका छन् । मंगलबार बसको मन्त्रिपरिषदको बैठकले आगामी ४ बर्षका लागि काभ्रेका सापकोटालाई उपाध्यक्षमा नियुक्त गरेको हो ।

बैठकले प्रदेश सुशासन नियमावली २०७७ स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिए ।

यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृत र भैसे भीमफेदी सडक आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा निर्धारण गर्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता मन्त्री ढुंगेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?