+
+

श्रम अदालत गठन, अध्यक्षमा रामप्रसाद ओली

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ३ गते १९:१६

३ कात्तिक, काठमाडौं । सरकारले श्रम अदालत गठन गरेको छ । मपन्त्रिपरिषदको असोज २९ गतेको बैठकले नेपालभरका श्रम सम्बन्धी मुद्दा हेर्ने गरी श्रम अदालत गठन गरेको छ ।

उच्च अदालत तुल्सीपुरका न्यायाधीश रामप्रसाद ओली अध्यक्ष छन् भने सदस्यहरुमा भोजपुर जिल्ला षडानन्द नगरपालिकका सदस्य प्रेम कुमार राई र म्याग्दी जिल्ला पुलाचौर गाविसका नीशा बानिया छन् ।

बैठकले नेपाली सेनाका प्राविधिक महसेनानी गजेन्द्रनाथ कर्माचार्यको पदावधि २०८० मंसिर २३ गतेसम्म र सहायक रथी सागरबहादुर केसीको पदावधि २०७८ पुष १९ गते सम्म थप गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन (पहिलो संशोधन) निर्देशिका २०७७ र औषधि दर्ता (तेस्रो संशोधन) नियमावली २०७७ स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?