+
+

काठमाडौं उपत्यकामा ८९४ संक्रमित थपिए

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १० गते १८:२९

१० कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८९४ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६७३, ललितपुरमा १४६ र भक्तपुरमा ७६ जना कोरोना संक्रमित भेटिएका छन् ।

हाल काठमाडौं जिल्लामा सक्रिय संक्रमित १८ हजार ३७४, ललितपुरमा २५२० र भक्तपुरमा १५२० जना रहेका छन् । काठमाडौंमा १०५०१ जना, ललितपुरमा २४९५ जना र भक्तपुरमा १७१९ जना होम क्वारेन्टिनमा बसेका छन् ।

पछिल्लो २४ घण्टामा थप १७४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?