+
+

सप्तरीमा बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा वृद्ध पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १२ गते १८:२९

१२ मंसिर, जनकपुरधाम । बालिकामाथि यौन दुव्र्यबहारको घटनामा उन्मुक्ति पाएका वृद्धले सप्तरीमा फेरि त्यस्तै घटना दोहोर्‍याएको पाइएको छ ।

तिरहुत गाउँपालिका–५ लोहजारामा ७ वर्षकी बालिकालाई स्थानीय ७६ वर्षका लक्ष्मी महतोले बलात्कार प्रयास गरेको उजुरी प्रहरीकामा पुगेको छ । गाउँकै बालिकालाई घरमा बोलाएर दूधभात खान दिएर उनले बलात्कारको प्रयास गरेका इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डीएसपी नरेश सिंहले बताए । महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तिरहुत ५ का वडा अध्यक्ष रमानन्द चौधरीले महतोले बालिकालाई घरमा बोलाएर दूध भात खान दिई उनको कपडा खोलेको बताए । बालिका चिच्याउन थाल्दा स्थानीयहरु गएर बालिकाको उद्धार गरेको उनले बताए ।

वडा अध्यक्ष चौधरीका अनुसार महतोले ५ बर्षअघि पनि गाउँकी एक बालिकासँग यस्तै किसिमको यौन दुव्र्यबहार गरेका थिए । ‘त्यस बेला गाउँले मिलेर उनलाई ६ सय रुपैयाँ जरिवाना तिराएर छाडिएको थियो’ चौधरीले भने, ‘तर उनले पुनः यस्तो घटना गरेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?