+
+

सीमा विवादमा भारतसँग औपचारिक संवादको ढोका खुल्यो : परराष्ट्रमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १९ गते १२:०५

१९ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय विदेश सचिवको हालै सम्पन्न नेपाल भ्रमणसँगै औपचारिक संवादको ढोका खुलेको बताएका छन् ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बसेको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले विदेश सचिवको भ्रमण तीन कारणले महत्वपूर्ण भएको बताए ।’ पहिलो, नक्सा प्रकाशन गरेपछि रोकिएको औपचारिक संवादको ढोका खुल्यो । दोस्रो, सीमा समस्यालाई नेपालले औपचारिक एजेण्डा बनाएर उठाएको छ र दुवै देश संवादबाटै समधान खोज्न तयार भएको छ,’ उनले भने ।

उनका अनुसार नेपाल र भारतका परराष्ट्र सचिव संयन्त्रको बैठक निकट भविष्यमा बस्नेछ र यसमा सीमा समस्यालाई जुन गम्भीरताका साथ उठाउनुपर्ने हो, नेपालले उठाउनेछ ।

तेस्रो, आगामी स्टेपहरु के भन्ने तय भएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले भने,’समस्याहरु समाधान गर्ने र सम्बन्धलाई बलियो बनाउने बाटोमा अगाडि बढेको विश्वास हामीले लिएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?