+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

५७ जना स्रष्टाहरूले गरे सामूहिक अपिल

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ३० गते १४:४८

काठमाडौं । ‘नागरिकको बाँच्न पाउने र न्याय पाउने अधिकारको रक्षा गर’ शीर्षकमा दर्जनौं स्रष्टाहरूको सामूहिक अपिल प्रकाशित भएको छ ।

गतसाता नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताद्वारा मोरङ-मिक्लाजुङ निवासी शिक्षक राजेन्द्र श्रेष्ठको हत्या, केही समयअघि त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि भएको आक्रमणद्वारा चिन्तित भएर लेखक साहित्यकारहरूले अपिल प्रकाशित गरेका हुन् ।

अपिलमा यस्ता जघन्य अपराधमा संग्लग्नहरूलाई कारबाही गर्न सरकारले देखाएको उदासीनताप्रति दुःख व्यक्त गरेको छ ।

अपिलमा लेखिएको छ- यी घटनाले अभियुक्तहरूलाई राजनीतिक संरक्षण प्रदान गरिरहेको दल, त्यसका नेता र सरकारमाथि मात्रै नभएर न्यायालयको स्वतन्त्र भूमिकामाथि नै प्रश्न सिर्जना गरेका छन् ।’

अपिलकर्ताहरूमा अर्चना थापा, अञ्जानबाबु शर्मा, आन्विका गिरी, उज्वल प्रसाई, उमा सुवेदी, कला अनुरागी, कल्पना चिलुवाल, किशोर पहाडी, केदार शर्मा, केशव सिलवाल, खगेन्द्र सङ्ग्रौला, गणेश पौडेल, गुरुङ सुशान्त, चन्ऽवीर तुम्वापो, जेनन नेपाल, तिर्थ गुरुङ, तुलसीदास महर्जन, दिपा दाहाल, नदिश, नवीन प्राचीन, नवीन तिवारी, नयनराज पाण्डे, नारायण ढकाल, नारायण वाग्ले, प्रकाश थाम्सुहाङ, बाबु त्रिपाठी, बिना थिङ, बुद्धिसागर, भूपीन खड्का, मनु मन्जिल, महेश पौड्याल, मीनराज बसन्त, युग पाठक, रजनी ढकाल, रमेश सायन, रवि मिश्र, राजन मुकारुङ, राजेन्ऽ महर्जन, रामनाथ खनाल, रोहेज खतिवडा, लेनिन बन्जाडे, विनोदविक्रम केसी, शकुन्तला जोशी, शैलज पौडेल, श्याम श्रेष्ठ, श्रवण मुकारुङ, संगीत स्रोता, सञ्जीव उप्रेती, सरिता तिवारी, स्वप्निल स्मृति, सिके लाल, सुमन पोखरेल, सुमनराज श्रेष्ठ, सोझो गाँउले, सौरभ कार्की, हरिमाया भेटवाल, हेमन यात्रीलगायत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?