+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

नेपालमै पहिलोपटक लक्ष्मी बैंकको कार्डरहित एटीएम सुविधा

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ३ गते १५:५३

३ पुस, काठमाडौं । लक्ष्मी बैंकले एटीएमबाट पैसा झिक्न एटीएम कार्ड नचाहिने प्रविधि भित्र्याएको छ ।

नेपालमै पहिलो पटक नौलो प्रकारको सुविधा डिजिटल बैंकिङ्ग प्रविधि विस्तार गर्ने क्रममा लक्ष्मी बैंकले वालेटलाई पूर्ण रुपमा डिजिटल बनाउने तयारी गरिरहेको जनाएको छ। लक्ष्मी बैंकसँग  एटीएम कार्डको विकल्पको रुपमा एक नौलो प्रविधि ल्याउँदै छ । जुन नेपालमै पहिलो पटक लक्ष्मी बैंकले भित्र्याएको हो ।

अब आफ्नो एटीएमबाट पैसा झिक्न एटीएम कार्ड नचाहिने भएको छ । कम से कम लक्ष्मी बैंकको एटीएम बैंकको मोबाइल एपमा रहेको एक सुविधा प्रयोग गरेर तपाईं सजिलै एटीएमबाट कार्ड बिना नै पैसा झिक्न सक्नु हुनेछ । त्यसको लागि तपाईंलाई चाहिने छ त केवल बैंकको मोबाइल बैंकिङ्ग एप ‘मोबाइल मनि’ र आफ्नो मोबाइलमा इन्टरनेट। साथै तपाईले बैंकको सो सेवा सब्स्क्राइब गरेको हुनु पर्नेछ।

यो सुविधा प्रयोग गर्न खासै गाह्रो छैन । तपाईंले आफ्नो मोबाइल मनिमा लगइन गर्ने बित्तिकै ‘कार्डलेस विथ ड्र’ भन्ने अप्सन देख्नुहुनेछ र यसमा क्लिक गरेर चाहेजतिको रकम हाल्नु पर्नेछ । त्यस पछि ‘कन्फर्म’ गर्नका लागि आफ्नो एम पिन वा फिंगर प्रिन्ट स्क्यान गर्नु पर्नेछ। यति गरिसकेपछि तपाईले आफ्नो फोनमा (मोबाइल मनिमा दर्ता भएको नम्बरमा) ओटीपी कोड’ एसएमएसको रुपमा प्राप्त गर्नु हुनेछ ।

जसलाई कारोबार नसकेसम्म सुरक्षित राख्नुपर्ने हुन्छ तर प्राप्त भएको सो ओटीपी कोड केहि समय सम्मका लागि मात्र प्रयोग गर्न सकिनेछ। यति गरिसकेपछी एटीएम बुथमा एटीएममा पनि कार्ड हाल्नु अगाडिनै ‘कार्ड रहित’ भन्ने अप्सन देख्न सक्नु हुनेछ, र सो अप्सन छानिसके पछि आफ्नो मोबाइल मनिमा दर्ता भएको नम्बर हाल्नु पर्ने हुन्छ।

त्यसपछि तपाईंले प्राप्त गर्नु भएको ओटीपी कोड र मोबाइल मनिमा अनुरोध गरिएको रकम हालेपछि तपाईंले एटीएमबाट नगद प्राप्त गर्न सक्नु हुनेछ। यस बखत ध्यान पुर्याउनु पर्ने कुरा चाहिँ एटीएममा र मोबाइल मनिमा हालिएको रकम कम वा बढी नभई एउटै हुन जरुरी छ।

यो नौलो प्रविधि र सुविधाका सबैभन्दा महत्वपूर्ण फाइदा भनेको आफुले एटीपी कार्ड बोकी राख्न पर्दैन । तपाईंले कारणबस आफ्नो कार्ड बिर्सिनु भएता पनि स्मार्ट कार्डरहित एटीएम सुविधाद्वारा एटीएमबाट पैसा झिक्न सक्नुहुनेछ। र यति मात्र नभई नेपाल भरि लक्ष्मी बैंकको एटीएमको माध्यमबाट आफुले चाहको ठाउँमा सजिलै पैसा पठाउन पनि सक्नुहुनेछ।

केवल ओटीपी कोड पठाउँदा अलि सावधानी भने अपनाउनु पर्ने हुन्छ। आगामी दिनहरुमा यस सुविधामा थप विशेषताहरु आउने र साथसाथै अरु नयाँ प्रयोगहरु पनि आउने बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?