
चलचित्र ‘छक्का पन्जा ३’ ए मेरो हजुर २’ लगायतका चलचित्रमा काम गरेका कलाकार अनुराग कुँवरले आफ्नो जन्मदिन मनाए । उनको जन्मदिनमा चलचित्रका कलाकारहरुको बाक्लो भिड देखियो ।
केही नेपाली चलचित्रमा अभिनय गरेपनि अनुराग नेपाली चलचित्रका अधिकांश कलाकारसँग निकै नजिक छन् । यसैले पनि उनको जन्मदिनमा सेलिब्रिटीले साथ दिए । साथै, प्रहरीका अफिसर, विभिन्न दलका नेता पनि उनको कार्यक्रममा पुगे । निवर्तमान पर्यटन मन्त्री योगेश भट्टराई पनि अनुरागलाई शुभकामना दिन पुगेका थिए ।
कार्यक्रममा कलाकारहरु निर शाह, हरिवंश आचार्य, गौरी मल्ल, दिपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, रमेश उप्रेती, विल्सन विक्रम राई, आर्यन सिग्देल, गौरव पहारी, किरण केसी, सुरेन्द्र केसी, सविन श्रेष्ठ, दिनेश डीसी लगायत पुगेका थिए । आफूले जन्मदिनमा सबैको माया पाएको भन्दै अनुरागले आगामी दिनमा पनि चलचित्र क्षेत्रको यात्रालाई निरन्तरता दिने बताए ।
प्रतिक्रिया 4