
१ माघ, काठमाडौं । नेपालका लागि पूर्वभारतीय राजदूत रन्जित रेले दुई देशको विचमा रहेको सीमा विवाद समाधान गर्न लामो समय लाग्ने तर अहिले नै कुनै न कुनै खालको संवाद भने शुरु गर्नुपर्ने बताएका छन् ।
परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीको भारत भ्रमणको पूर्वसन्ध्यामा भारतीय सन्चारमाध्यमलाई दिएको अन्तवार्तामा उनले अहिलेलाई प्राविधिक सर्वे टोलीबाट काम शुरु गर्न सकिने सुझाएका छन् ।
उनले भनेका छन्, ‘यो समस्या समाधान गर्न लामो समय लाग्नसक्छ तर हामीले कुनै न कुनै रुपमा शुरु चाहिँ गर्नुपर्छ । दुई देशका सर्वे विभागले काम शुरु गर्न सक्छन्, परराष्ट्र सचिवको विचमा वार्ता गर्न सकिन्छ र राजनीतिक तहमा पनि वार्ता गर्न सकिन्छ ।’
उनले नेपालमा जुन दलको सरकार आए पनि भारतले निरन्तर रुपमा काम गर्नुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4