+
+
Shares

यो हो संसारकै लामो गाउँ, ९ किलोमिटर लम्बाइ र डेढसय मिटर चौडाइमा १६ सय घर

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ११ गते ११:४८

संसारमा एउटा यस्तो गाउँ छ जो ९ किलोमिटर लामो छ, तर जम्मा डेढ सय मिटरमात्र चौडा छ ।

हो, युरोपेली मुलुक पोल्याण्डमा रहेको सुलोस्जोवा त्यहीँ विचित्र गाउँ हो । यो गाउँ वास्तवमा संसारकै सबैभन्दा लामो गाउँ पनि हो ।

सुलोस्जोवा गाउँमा करlब १६ सय घरधुरी छन् । गाउँको बीचौँबीचबाट सडक गएको छ र सप्पै घर सडककै दायाँ बायाँ छन् । गाउँमा कूल ६२ सय मानिस बसोबास गर्दछन् ।
क्राकाओ सहरबाट करीब ३० किलोमिटरको दूरीमा यो गाउँ छ ।

विश्व ग्रामीण योजनाको एक रिपोर्ट अनुसार यो गाउँ १४ औँ शताब्दीमा बसेको हो । सुरुमा यो गाउँको लम्बाई करlब ५ सय मिटर थियो । तर समय क्रमसँगै यसको लम्बाई बढ्दै गयो ।

यो गाउँ आफ्नो असामान्य बनाबटका बाबजुत सबैखाले आधारभूत सहरी सुविधाले युक्त छ । गाउँमा अस्पताल, बैंक तथा स्क’ल सबै सुविधा छन् । गाउँको दुवैतर्फ हराभरा खेतहरु छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?