+
+

गुल्मीमा राष्ट्रिय परिचयपत्रका लागि १ लाख २९ हजारको विवरण संकलन

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १० गते १४:३०

१० फागुन, गुल्मी । गुल्मीमा राष्ट्रिय परिचय पत्रका लागि १ लाख २९ हजार ३५९ जनाको विवरण संकलन भएको छ । जिल्लाका १२ स्थानीय तहमा कात्तिक २३ गत राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन गरिएको थियो ।

रेसुङ्गा नगरपालिकामा १३ हजार ३९, मुसिकोट नगरपालिकामा १४ हजार ६ सय ७८, गुल्मीदरवार गाउँपालिकामा ११ हजार ९०५, धुर्कोट गाउँपालिकामा १० हजार ७७०, मदाने गाउँपालिकामा ९ हजार ७८० र छत्रकोट गाउँपालिकामा १० हजार ८३९ जनाको बिवरण दर्ता संकलन भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए ।

त्यसैगरी मालिका गाउँपालिकामा १० हजार २४०, रुरुक्षेत्र गाउँपालिकामा ९ हजार ५ सय ९९, सत्यवती गाउँपालिकामा १० हजार ६ सय ६४, इस्मा गाउँपालिकामा ९ हजार ३ सय ५८, चन्द्रकोट गाउँपालिकामा ९ हजार ४ सय ५० जना र कालिगण्डकी गाउँपालिकामा ९ हजार ९ हजार ३१ जनाको विवरण दर्ता संकलन भएको छ ।

विवरण दर्ता अभियान सकिएपछि जिल्ला प्रशासन कार्यालयले ६१ जना अपरेटरलाई जिल्ला प्रशासन कार्यालयले विदाइ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?