
१६ फागुन, काठमाडौ । खेलकुद पत्रकार कमल खत्री खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।
युवा तथा खेलकुद मन्त्रालयले आइतबार खेल पत्रकार खत्रीलाई खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरेको हो । पुरस्कारसँगै खत्रीले नगद ५० हजार प्राप्त गरे ।
यस्तै अन्य आठ खेलकुद पत्रकार खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मानित भए ।
जसमा प्रदेशतर्फ प्रदेश-१ का हिमाल खरेल, प्रदेश-२ का रन्जनकुमार भण्डारी, बागमती प्रदेशका अनिल मल्ल ठकुरी, लुम्बिनीबाट माधवप्रसाद अर्याल, लुम्बिनी प्रदेशबाट मुक्तिबाबु रेग्मी, कर्णाली प्रदेशबाट भुपेश उपाध्याय र सुदूरपश्चिमबाट सिताराम ओझाले खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् ।
खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार महिलातर्फ राष्ट्रिय समाचार समितिकी मुना कार्कीले प्राप्त गरिन् । प्रोत्साहन पुरस्कारसँगै उनीहरुले २५-२५ हजार प्राप्त गरे ।
सम्मानित सबैलाई उनीहरुलाई युवा तथा खेलकुद मन्त्री दावा लामाले पुरस्कृत गरेका थिए ।
प्रतिक्रिया 4