+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

गोंगबु हत्याकाण्डकी अभियुक्त पौडेललाई आजीवन काराबास

काठमाडौं जिल्ला अदालतले पौडेलकी छोरीलाई दियो सफाइ

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १९ गते २०:०७

१९ फागुन, काठमाडौं । काठमाडौंको गोंगबुमा गत साउनमा भएको हत्याको आरोपी कल्पना मुडभरी पौडेललाई जिल्ला अदालत काठमाडौंले आजीवन काराबास सजाय सुनाएको छ ।

केही दिनअघि न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले उनलाई आजीवन काराबासको सजाय सुनाएको हो ।

मुलुकी फौजदारी संहितामा ज्यानसम्बन्धी कसुर गर्नेलाई जन्मकैद अर्थात २५ वर्ष कैद हुने व्यवस्था भए पनि क्रुर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको पुष्टि भएकाले पौडेललाई आजीवन काराबारको सजाय सुनाएको जिल्ला अदालत काठमाडौंका एक अधिकारीले जानकारी दिए ।

उक्त घटनामा कल्पनाकी छोरीको भने संलग्नता नदेखिएको भनी अदालतले सफाइ दिएको छ ।

गोंगबुको गणेशस्थान नजिक गत साउन २५ गते दाङका कृष्णबहादुर बोहराको विभत्स हत्या भएको थियो । कल्पना मुडभरी पौडेलको कोठामा गएका बोहराको राति हत्या गरी टाउको र खुट्टा एउटा झोला र जीउ सुटकेसमा राखेर सडकको छुट्टाछुट्टै स्थानमा फालिएको थियो ।

उक्त घटनामा संलग्नको आरोपमा प्रहरीले कल्पना र उनकी छोरीलाई पक्राउ गरेर ज्यानसम्बन्धी मुद्दा चलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?