+
+

केपी ओली र माधव नेपाल पक्षबीच छलफल सुरु

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २ गते ११:३३

२ चैत, काठमाडौं । नेकपाका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच छलफल सुरु भएको छ ।

छलफलमा ओलीसहित उनका तर्फबाट ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ छन् । अर्का तर्फ नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, गोकर्ण बिष्ट र रघुजी पन्त सहभागी छन् ।

चार महिनापछि ओली र नेपाल बीच भेटवार्ता भएको हो । गएको २५ कात्तिकपछि संवाद टुटेको थियो । ओली र नेपाल बीचको सम्वाद हीनताकै अवधिमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएको थियो । ओलीले संसद् भंग गर्ने निर्णय गरेका थिए ।

यसपछि एकअर्काविरुद्ध गतिविधि, अभिव्यक्ति र निर्णय गर्दै आएका ओली र नेपाल पक्ष बीचको यो छलफललाई महत्वका साथ हेरिएको छ । २८ फागुनमा ओलीले नेपाल खेमाका नेताहरुलाई भूमिकाविहीन बनाउने निर्णय गरेका थिए । नेपाल खेमाले पनि ४ चैतमा आफ्नो पक्षको राष्ट्रिय कार्यकर्ता भेला राखेको छ ।

वरिष्ठ नेता झलनाथ खनाल, नेपालसहित यो खेमाका ११ स्थायी कमिटी सदस्यले हिजोमात्रै ओलीमाथि गम्भीर आरोपसहित संयुक्त वक्तव्य जारी गरेका थिए । तर, ओलीले हिजै नेपाललाई छलफलका लागि आग्रह गरेका थिए ।

ओलीले बालुवाटारमा बोलाए पनि नेपाल नमानेपछि धुम्बाराहीमा दुवै खेमाका नेताहरु छलफलमा जुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?