२४ चैत, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को रिजनल अवार्ड पाएको छ । कोभिड-१९ को समयमा पनि क्रिकेट विकासका लागि पहल गरेको भन्दै आईसीसीले नेपालसहित पाँच राष्ट्रलाई अवार्ड दिएको हो ।
नेपालसँगै नामिविया, अर्जेन्टिना, भानुआतु र इटलीले आईसीसीले डिभलपमेन्ट इनिसएयटिभ अफ दि इयरको अवार्ड पाएका हुन् । नेपालले एसिया क्षेत्रबाट अवार्ड पाएको हो ।
कोभिड-१९ को महामारीको समयमा पनि क्यानले घरेलु प्रतियोगितामा महिलातर्फ दुई हजार र पुरुषतर्फ एक हजार ९०० खेलाडीलाई खेलमा समावेश गरेको भन्दै आईसीसीले सम्मान गरेको जनाएको छ ।
यस्तै क्यानले ब्रोडकास्टिङ र स्पोनसर पनि घरेलु प्रतियोगितामा राखेको आईसीसीले जनाएको छ ।
प्रतिक्रिया 4