+
+

बदलिएकी शिल्पा

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २ गते १२:०८

नेपाली चलचित्र क्षेत्रले गतबर्ष शुन्यतामा बितायो । धेरै कलाकार कामविहिन जस्तै बने । कतिपय कलाकारले यो समयमा आफूलाई परिवर्तन गर्ने कोशिश पनि गरे । नायिका शिल्पा मास्केले आफूलाई जीममा अभ्यस्त बनाइन् । उनले सामाजिक संजालमा पोष्ट गरेको तस्वीरले पनि यो कुराको पुष्टी गर्छ ।

केही नेपाली चलचित्रमा अभिनय गरेर पनि सफलता नपाएकी नायिका हुन् शिल्पा । यसैले, उनले चलचित्र क्षेत्रमा बलियो करिअर खोजिरहेकी छिन् । ‘कागजपत्र, ब्रेकअप, सानो मन’ जस्ता चलचित्रमा अभिनय गरेर पनि उनले सफलताको स्वाद चाख्न पाइनन् । यहीकारणले पनि उनको चलचित्र क्षेत्रमा माग भने छैन ।

तर, शिल्पाले सामाजिक संजालमा पोष्ट गरेको तस्वीरले उनको फिगर बदलिएको देख्न सकिन्छ । शिल्पा दैनिक जीम धाउने गरेकी छिन् । अर्की नायिका नम्रता श्रेष्ठ जस्तै शिल्पामा पनि जीमको नशा गज्जबले लागेको छ ।

चलचित्र ‘ब्रेकअप’मा शिल्पाको बोल्ड भूमिका दर्शकले हेर्न पाएका थिए । तर, बक्स अफिसमा चलचित्र नचल्दा उनको चर्चा भएन । शिल्पाको बोल्ड अवतार अब नयाँ चलचित्रमा दर्शकले कहिले हेर्न पाउने हुन्, त्यो भोलीको कुरा हो । तर, शिल्पाले भने आफूलाई मेन्टेन गर्न निकै मिहिनेत गरिरहेको देख्न सकिन्छ ।

तस्वीरः संजोग राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?