
५ वैशाख, काठमाडौँ । प्रहरीले अवैध रुपमा अन्तराष्ट्रिय कल बाईपास (भिओआइपी) चलाएको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ३१ वर्षीय भारतीय नागरिक राना शाह र अर्को बंगलादेशी मूलका नेपाली नागरिक स्यामुल खान भन्ने मोसलिम मियाँ अन्सारी रहेका छन् ।
उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिबीआई) ले काठमाडौको चन्द्रागिरी नगरपालिका, वडा नं २, बसण्डोल स्थित श्याम कृष्ण श्रेष्ठको घरबाट पक्राउ गरेको हो ।
उनीहरुको साथबाट ६४ पोर्टको जिओआइपी गेटवे, निलो रङको डेल कम्पनीको ल्यापटप र चार्जर, टेलिटक लेखिएको सेतो मोडियम, टीपी लिंकको डेस्कटप स्विच, निलो रङको रेडमी नोट ६ प्रो मोबाइल, लाभाको एआरसी १०७ मोडलको मोबाइल र पेन ड्राइभ बरामद गरेको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4